काठमाडौँ । लगातारको वर्षा र विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढ्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुको भीड बढेको छ । सडकमार्गबाट आवतजावतमा समस्या भएपछि गन्तव्यसम्म पुग्न हवाई यात्रा रोज्ने यात्रुको संख्या बढेको हो ।
यात्रुको चाप बढेसँगै विमानस्थलमा चेक-इन, सुरक्षा जाँच तथा बोर्डिङ क्षेत्रमा समेत भीड देखिएको छ । मौसम तथा हवाई यातायात व्यवस्थापनमा परेको असरका कारण अधिकांश उडान निर्धारित समयभन्दा ढिला ‘डिले’ भएका छन् ।
उडान ढिला हुँदा यात्रुहरू लामो समयसम्म विमानस्थलमै पर्खिन बाध्य भएका छन् । विशेषगरी चाडपर्वका लागि घर जाने तथा अत्यावश्यक कामका लागि यात्रा गरिरहेका यात्रुहरू प्रभावित भएका छन् ।
विमानस्थलमा यात्रुको चापसँगै उडान तालिका प्रभावित भएपछि एयरलाइन्सहरूले यात्रुलाई सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह गरेका छन् ।
लगातारको वर्षा र सडक सञ्जालमा देखिएको अवरोधका कारण आगामी दिनमा पनि हवाई यात्रामा चाप कायम रहन सक्ने देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्