Skip to content
LAXMI SUNRISE BANK

२०८० माघमै अर्थ सरोकारले लेखेको थियो- ‘नेप्सेको सिस्टम वाईकोको कब्जामा छ, कुनै पनि बेला ह्याक हुन सक्छ’

अर्थ सरोकार

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नै बन्द रह्यो । लाखौँ लगानीकर्ताको विवरण रहेको डाटा हब ह्याक भएपछि नेप्सेले दिनभरको कारोबार स्थगित गरेको हो । 

नेप्सेले सूचना नै जारी गरेर नेप्सेका ७२ कारोबार कम्पनी सदस्यहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हबमा प्राविधिक समस्या आएको जनायो । 

अझ नेप्सेले समस्या समाधान गर्न नसकेको र यथास्थितिमा कारोबार सञ्चालन गरे नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्नसक्ने भन्दै सोमबारका लागि कारोबार स्थगित गर्नुपरेको बताएको छ । 

तर, नेप्सेले जति नै कुरा घुमाए पनि सोमबार नेप्सेको सिस्टम ह्याक भएको प्राविधिक विश्लेषकहरुको दाबी छ । स्वयम् नेप्सेका कर्मचारीले समेत सिस्टममा ह्याकरको पहुँच पुगेपछि समस्या देखिएको बताएका छन् । यतिसम्म कि लाखौँ सेयर लगानीकर्ताको कारोबार विवरण समेत ह्याकरको पहुँचमा पुगेको दाबी विश्लेषकहरुको छ ।

यसो त नेप्सेको सिस्टम ह्याक हुनु धेरैका लागि नौलो भए पनि स्वयम् नेप्सेका लागि भने नयाँ थिएन । अर्थ सरोकारले समेत २०८० माघ १६ गते नेप्सेको सिस्टम ह्याक हुन सक्ने जोखिमबारे समाचार सम्प्रेषण गरेको थियो ।

नेप्सेले नेप्सेसँग सम्बन्धित सम्पूर्ण आईटी सिस्टमहरुको परीक्षणका लागि गरेको ‘इन्फर्मेसन सिस्टम अडिट (आईएस अडिट)’ मा नेप्सेको सिस्टम वाईकोको कब्जामा रहेको र जुनसुकै बेला ह्याक हुनसक्ने जोखिम औँल्याएको थियो । तर, समस्या समाधान गर्नुको साटो आफ्नो कमजोरी छताछुल्ल हुने डरले लुकाइएको सो प्रतिवेदन अर्थ सरोकारले सार्वजनिक गरेको थियो । यद्यपि नेप्से सो प्रतिवेदन अझै लुकाएर राख्ने गरेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK