काठमाडौँ । अबदेखि जुनसुकै ब्राण्डको खाली सिलिन्डर अर्को जुनसुकै ब्राण्डको भरी सिलिन्डरसँग साट्न पाइने भएको छ । ग्यास अभावको समस्या सहज बनाउन आपतकालीन व्यवस्था लागू गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
उद्योगमन्त्री गौरीकुमारी यादवले नयाँ व्यवस्था अनुसार उपभोक्तालई सहज रुपमा ग्यास उपलब्ध गराउन पनि निर्देशन दिएकी छिन् ।
उनले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुनेगरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को ब्राण्डको ग्यास सिलिन्डर उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउन वितरकलाई निर्देशन दिएकी छिन् ।
योसँगै अबदेखि काठमाडौँ उपत्यकाभित्र उपभोक्ताहरुले जुनसुकै ब्राण्डको सिलिन्डर अर्को जुनसुकै ब्राण्डको सिलिन्डरसँग साट्न पाउनेछन् । उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन, अनुगमन गर्न र आवश्यक परे कारवाही गर्न पनि नेपाल आयल निगमलाई निर्देशन दिएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्