Skip to content
LAXMI SUNRISE BANK

जेन-जी आन्दोलनको एक वर्षः वाणिज्य बैंकबाट हराएको सुन अझै भेटिएन, पीडितलाई सुन न पैसा !

अर्थ सरोकार

काठमाडौँ । जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनसँगै आन्दोलनको मौका छोपेर राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट नगदसहित १८ किलो सुन हराएको पनि एक वर्ष पूरा भएको छ । 

गतवर्ष भदौ २४ गते बैंकको नयाँ बानेश्वर शाखामा तोडफोड र आगजनी हुँदा भल्टमा राखिएको १८ किलो सुन लुटिएको बैंकको दाबी छ । 

तर, बैंकको उक्त शाखामा सुन राखेका २ सय २६ जना ग्राहकहरुले अझैसम्म पनि क्षतिपूर्ति पाएका छैनन् । आफ्नो सुन फिर्ता गर्न भन्दै पटकपटक आन्दोलन गर्दा पनि पीडितहरुले न सुन पाएका छन्, न क्षतिपूर्ति । 

यता बैंकले भने सुन हराएकै दिन (२०८२ भदौ २३ गते) को मूल्य अनुसार पैसा दिएर सेटलमेन्ट गर्न खोजे पनि ग्राहकसँग सहमति नहुँदा उक्त विषय टुंगो नलागेको जवाफ दिँदै आएको छ । 

बैंकका ग्राहकले भने बैंकमा धितो राखिएको सुनको सुरक्षा गर्ने जिम्मा बैंकको भएको र बैंककै लापरवाहीका कारण सो दिन सुन लुटिएको दाबी गर्दै सुनको बदला सुन नै दिनुपर्ने माग गरेका छन् । 

‘त्यो बेला सुनको मूल्य कति थियो ? अहिले कति पुग्यो ?’, एक पीडितले भने, ‘६-७ महिनासम्म सुन हराएको खबर नगर्ने, ब्याज लिइरहने अनि अहिले त्यही बेलाको मूल्य दिन्छौँ भनेर कसरी हुन्छ ? आकार जस्तोसुकै होस्, हामीलाई सुनको बदलामा सुन चाहिन्छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK