Skip to content
LAXMI SUNRISE BANK

संघीय निजामती सेवा विधेयकः कर्मचारीलाई महिनावारी बिदा, घरजग्गा किन्न पनि सस्तोमा ऋण !

अर्थ सरोकार

काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयकमार्फत महिला कर्मचारीलाई महिनावारी बिदा दिने प्रस्ताव गरेको छ । संघीय संसद्मा पेश गरिएको ‘संघीय निजामती सेवा ऐन, २०८३’ विधेयक मार्फत सरकारले महिला कर्मचारीलाई महिनावारी/रजस्वला बिदा दिने प्रस्ताव गरेको हो । 

त्यस्तै, सरकारले सो विधेयकमार्फत निजामती कर्मचारीलाई घर तथा जग्गा किन्नका लागि सस्तो ब्याजदरमा ऋण दिने पनि प्रस्ताव गरेको छ ।

‘नेपाल सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न सक्नेछ ।’, विधेयकमा भनिएको छ । तर, यस्तो सुविधा निजामती कर्मचारीले सेवा अवधिभर एक पटक मात्र लिन सक्ने पनि विधेयकमा उल्लेख छ । 

अर्कोतर्फ सरकारले निजामती कर्मचारीलाई सरकारले तोके बमोजिम सवारी साधन उपलब्ध गराउने तथा कुनै निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको परिवारलाई विशेष आर्थिक सुविधास्वरुप तोकिएबमोजिम एकमुष्ट रकम प्रदान गर्ने पनि विधेयकमार्फत प्रस्ताव गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK