काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली बलरको दबदबा रहेको छ । हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याच समेत भएका छन् ।
उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली बलरले स्थानीय ब्याटर मात्रै नभएर चर्चित विदेशी खेलाडीको समेत विकेट लिए ।
कात्तिक ९ गते भएको उद्घाटन खेलमा सुदूरपश्चिमविरुद्धको खेलमा लुम्बिनीका बलर शेर मल्लले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट चट्काए । यो खेलमा उनी प्लेयर अफ दी म्याच बन्दै ५० हजार पुरस्कार समेत हात पारे । शेरले चर्चित विदेशी खेलाडी शेरफेन रदरफोर्ड, स्कट कुगेलेन र विनोद भण्डारीको विकेट लिएका हुन् । यो खेल लुम्बिनीले ७ विकेटले जित्यो ।
कात्तिक १० गते भएको पहिलो खेलमा विराटनगर किङस र चितवन राइनोज भिडे । यो खेलमा चितवन ८ रनले विजयी भयो । चितवनलाई जिताउन कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २६ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए ।
आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका कमलले उत्कृष्ट चुनिँदै ५० हजार पाए । कमलले आन्द्रे रसेल,एन्जेलो म्याथ्युज,रुपेश सिंह र बसिर अहमदको विकेट पाएका हुन् ।
कात्तिक १० गते नै भएको अर्को खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले स्तब्ध पार्दै कर्णालीले सुखद सुरुआत गर्यो । कर्णालीको जितमा बलर युनिशले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका युनिशले २२ रन खर्चेर ३ विकेट झारे । खेलका प्लेयर अफ दी म्याच चुनिँदै उनले ५० हजार जिते । युनिशले हर्मित सिंह,जेमी निशम र आदित्य महताको विकेट लिए ।
टप फाइभमा पनि नेपाली बलर
हालसम्मको बलिङ कार्ड हेर्दा उत्कृष्ट पाँचमा नेपाली बलर नै अगाडि देखिन्छन् । एकजना मात्रै विदेशी खेलाडी टप फाइभमा छन् भने अन्य चार बलर नेपाली रहेका छन् ।
सबैभन्दा बढी विकेट लिनेमा नेपाली बलर किशोर महतो रहेका छन् । लुम्बिनीका किशोरले एक खेलमा २२ रन खर्चेर ४ विकेट लिँदै बलरहरुको पहिलो नम्बरमा छन् ।
यस्तै एक खेलबाटै २६ रन खर्चेर ४ विकट नै लिएका चितवनका कमलसिंह ऐरी दोस्रो नम्बरमा रहेका छन् । समान एक खेलबाट ३ विकेट लिएका लुम्बिनीका शेर मल्ल तेस्रो, ३ विकेट नै लिएका जनकपुरका विदेशी खेलाडी हर्मित सिंह चौथो र कर्णाली युनिश विक्रम सिंह पाचौँ स्थानमा अटाएका छन् । युनिशले पनि एक खेलबाट ३ विकेट हात पारेका थिए ।
ब्याटिङमा विदेशी अगाडि
ब्याटिङमा भने विदेशी खेलाडी शीर्ष स्थानमा देखिएका छन् । चितवन राइनोजका डेभिड मलानले एकै इनिङबाट ७० जोड्दै शीर्ष स्थानमा रहेका छन् । उनी जारी संस्करणमा पहिलो अर्धशतक हिर्काउने खेलाडी समेत हुन् ।
एक खेलबाटै ४३ रन बनाएका कर्णालीका अरिफुल स्लाम दोस्रो, लुम्बिनीका डार्सी सर्ट ४० रन बनाउर्दै तेस्रो स्थानमा रहेका छन् । चौथो र पाचौँ स्थानमा भने नेपाली ब्याटर रहेका छन् ।
३९ रन बनाएका विराटनगरका इमरान शेख चौथो र कर्णालीबाट ३७ रन बनाएका पवन शराफ पाचौँ स्थान रहेका छन् । यसैबीच प्रतियोगिता उच्च स्कोर बनाउने टोलीमा चितवन छ भने कम स्कोर बनाउने टोली सुदूरपश्चिम रहेको छ । चितवनले १५७ रन बनाएर उच्च स्कोर बनाउने टिममा पर्दा सुदूरपश्चिम ८७ रन बनाएर कम स्कोरको बनाउने टोली बनेको छ ।
प्रतियोगितामा लुम्बिनी २ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहदा सुदूरपश्चिम पुछारमा छ । आठ टोलीमध्ये काठमाडौं र पोखराको खेल हुन बाँकी छ । अन्य टिमले एक÷एक खेल खेलिसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्