काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विगतका संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी कमजोरी सुधार गर्दै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज वातावरण उपलब्ध गराउने तयारी गरेको छ ।
प्रतियोगिताको प्रत्येक संस्करण थप व्यवस्थित र बृहत् बन्दै गएकाले यसपटक दर्शकको अनुभवलाई विशेष प्राथमिकता दिइएको क्यानले जनाएको छ । दसैँसम्म मैदानमा गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरी प्रतियोगिताका लागि पूर्ण रूपमा तयार हुने लक्ष्य राखिएको छ ।
एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास भइरहेको छ । टिकट काटेर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल अवलोकन गरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा ध्यान दिइएको छ ।
गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोको समस्या भोग्नुपरेको थियो। यसपटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको छ । साथै, मैदानमा केही नयाँ संरचना थपेर समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ ।
दसैँ–तिहारको बीचमा एनपिएल
यस वर्षको एनपिएल दसैँ र तिहारको बीचमा आयोजना हुँदैछ । चाडपर्वको समयमा प्रतियोगिता हुँदा दर्शकको उपस्थितिमा असर पर्न सक्ने आकलन भए पनि नेपाली क्रिकेटको बलियो समर्थक आधारका कारण दर्शकको उत्साहमा कमी नआउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको मिति निर्धारण गर्दा अन्तर्राष्ट्रिय क्रिकेटको तालिका, अन्य फ्रेन्चाइज लिगको समय तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको क्यानले जनाएको छ । यी पक्षलाई ध्यानमा राख्दा दसैँ–तिहारको बीचको समय प्रतियोगिता सञ्चालनका लागि उपयुक्त देखिएको हो ।
तेस्रो संस्करणका लागि सहभागी टोलीहरूले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रमलाई तीव्रता दिएका छन् । विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताप्रतिको आकर्षण थप बढाउने र दर्शकलाई मैदानसम्म तान्ने अपेक्षा गरिएको छ ।
टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले पनि दर्शकको उत्साह बढाउने विश्वास आयोजकको छ । यसले नेपाली क्रिकेटको लोकप्रियता विस्तार गर्न र प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न मैदानको पूर्वाधार, दर्शक व्यवस्थापन र आवश्यक सुविधालाई व्यवस्थित बनाउने कामलाई अन्तिम रूप दिइँदैछ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्