काठमाडौँ । दसैँ नजिकिँदै गर्दा हिमाली जिल्लाका भेडाच्याङ्ग्रा पोखरा भित्रिन थालेका छन् । यो वर्षको पहिलो ‘लट’मा डोल्पाका च्याङ्ग्रा लिएर मीनप्रसाद बोहरा पोखरामा आइपुगेका छन् । उनले पोखराको सिम्पानी जौबारीमा २१ देखि ४० हजार रुपैयाँसम्मका च्याङ्ग्रा बिक्रीमा राखेका छन् ।
विगत तीन वर्षदेखि भेडाच्याङ्ग्रा लिएर निरन्तर पोखरा आइरहेका उनले यो वर्ष १ सय भेडाच्याङ्ग्रा पोखरा भित्र्याएका हुन् । यो वर्ष हिमाली जिल्ला मुस्ताङ, बझाङ, हुम्ला, डोल्पा लगायत क्षेत्रबाट करिब १० हजार बढी भेडाच्याङ्ग्रा पोखरा भित्रिन सक्ने व्यापारीहरुको अनुमान छ ।
केही व्यापारीले हिँडाएर, केहीले गाडीमा हालेर भेडाच्याङ्ग्रा पोखरा ल्याउने गरेका छन् । गत असोज ९ देखि ११ सम्मको वर्षाले बेनी-जोमसोम-कोरला सडकखण्ड पहिरोका कारण अवरुद्ध रहेकाले मुस्ताङबाट अघिल्ला वर्षजस्तै यस वर्ष गाडीमा भेडाच्याङ्ग्रा पोखरा ल्याउने सम्भावना छैन ।
हिँडाएर ल्याउनुपर्ने भएकाले यस वर्ष अघिल्ला वर्षभन्दा केही ढिला गरी भेडाच्याङ्ग्रा पोखरा ल्याइने व्यापारीहरुले बताएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्