Skip to content
LAXMI SUNRISE BANK

सुरुङमार्गमा नियम नमान्ने २ सय ८४ ‘अटेरी चालक’लाई ट्राफिक प्रहरीले गर्यो कारवाही !

अर्थ सरोकार

काठमाडौँ । नागढुंगा सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २ सय बढी सवारी चालकलाई कारवाही गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरुङभित्र नियम उल्लंघन गर्ने २ सय ८४ सवारी चालकलाई कारवाही गरेको हो ।

ट्राफिक प्रहरीका अनुसार सुरुङ मार्गमा ओभरटेक गर्ने, ओभर स्पीडमा गाडी चलाउने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारवाही गरिएको हो ।

यसो त सुरुङ मार्गमा ४० भन्दा बढी स्पीडमा गाडी चलाउन तथा ओभरटेक गर्न पाइँदैन । सुरुङ मार्ग प्रवेशका क्रममा चालकलाई सम्झाई बुझाई गरे पनि नियम उल्लंघन गर्न थालेपछी कारवाही गर्नुपरेको ट्राफिक प्रहरीको भनाई छ ।

सुरुङ मार्गमा नियम उल्लंघन गर्दा दुर्घटनाको उच्च जोखिम हुने भन्दै ट्राफिक प्रहरीले सुरुङ मार्गभित्र प्रवेश गरिसकेपछि ट्राफिक नियमको पालना गर्न र सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK