काठमाडौँ । एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसअघि संसारकै सबैभन्दा मूल्यवान कम्पनी बनेको एनभिडियालाई पछि पार्दै एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको हो ।
ब्लुमबर्गका अनुसार एप्पलको बजार पूँजीकरण ५.०३ ट्रिलियन डलर पुगेका छ । एनभिडियाको बजार पूँजीकरण भने ४.९३ ट्रिलियन डलरमा झरेको छ ।
एप्पलको मूल्यवान कम्पनी बन्नुमा कम्पनीले भर्खरै (सेप्टेम्बर ९) मा सार्वजनिक गरेको पहिलो फोल्डएबल स्मार्टफोन ‘आईफोन डुओ’ रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अक्टोबर १६ देखि प्रि-अर्डर खुलेको उक्त फोनको माग आपूर्ति भन्दा बढी भएको थियो । अर्डर सुरु भएको केही मिनेटमै एप्पलले डेलिभरी समय २०२७ जनवरीको अन्त्यसम्म पुर्याएको थियो ।
यसरी एप्पलको नयाँ फोनप्रति उपभोक्ताको आकर्षण देखिएकै कारण र एप्पलप्रति उपभोक्ता र लगानीकर्ताको भरोसा बढेपछि सेयर पूँजीकरण बढ्न पुगेको र त्यसले एप्पललाई संसारकै मूल्यवान कम्पनी बनाएको ब्लुमबर्गले उल्लेख गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्