काठमाडौँ । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आईतवार आयोजित कार्यक्रममा कुकुरको पूजा गरि उनीहरुको कला कौशल समेत प्रश्तुत गरिएको हो ।
प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्रयाकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचान लगायतका सीप प्रदर्शन गरेका थिए । सिमित स्रोत र साधनकाबीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण भएको नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले बताए ।
उनले कुकुर सेनाको महत्वपूर्ण सहयोगी शक्ति रहेको उल्लेख गरे । कुकुरको प्रयोगले सुरक्षा तथा खोजी कार्यमा जनशक्तिको प्रभावकारिता बढाउने गरेको उनको भनाई छ ।
कुकुरहरूलाई ‘फोर्स मल्टिप्लायर’ का रूपमा उल्लेख गर्दै उनले गस्ती, सुरक्षा, ट्र्याकिङ, खोजी तथा शंकास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा कुकुरको भूमिका उल्लेखनीय रहेको बताए । युद्ध तथा जंगलमा खटिने सैनिकको मनोबल बढाउनसमेत कुकुरले सहयोग पुर्याउने उनको भनाई छ ।
नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतिकका रूपमा लिँदै हरेक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ । परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यतालाई संरक्षण गर्नुका साथै मानव र कुकुरबीचको मित्रता र सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले पनि कुकुर पूजा गरिँदै आएको सेनाले जनाएको छ । मध्यपुर थिमी नगरपालिकाका प्रमुख, वडा अध्यक्षहरु, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्