Skip to content
LAXMI SUNRISE BANK

बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयले गठन गरेको प्राधिकरणको अध्यक्ष छनोट समितिको सिफारिसका आधारमा सरकारले थापालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।

थापाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई शपथ गराएका हुन् ।

शपथपछि अर्थमन्त्री वाग्लेले थापालाई बीमा क्षेत्रको सुधार र विकासका लागि निडर र निर्धक्क भएर काम गर्न पनि निर्देशन दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK