×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नौ करोड ४५ लाखको लागतमा बाँध निर्माण कार्य सम्पन्न, स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नौ करोड ४५ लाखको लागतमा बाँध निर्माण कार्य सम्पन्न, स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास

Artha Sarokar

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली  ।  कैलालीको धनगढी उपमहानगरपालिका-६ मा जाइ जाली सिँचाइ बाँध निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको नौ करोड ४५ लाखको लागतमा सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले बताउनुभयो । बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका दुई हजार ५०० भन्दा बढी प्रत्यक्ष लाभान्वित हुने धितालले जानकारी दिनुभयो ।

सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने बताउँदै तरकारी पनि वर्षमा दुई-तीनपटक लगाएर स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सिँचाइ बाँध निर्माणसँगै धनगढी-६ जाइ जालीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिने वडाध्यक्ष भागीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार सो वडाका स्थानीय कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी