Skip to content
LAXMI SUNRISE BANK

जीवन विकास लघुवित्तको ६० लाख ८४ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत, बिहिबारबाट कारोबारमा आउने

अर्थ सरोकार

काठमाडौं । जीवन विकास लघुवित्तको साधारण सेयर आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । हालै सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १३ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर साउन १४ गते देखि दोस्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘जेबीएलबी’ दिइएको छ । नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा  कम्पनीको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुनेछ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नक्सालस्थित एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK