×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्बजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्बजनिक

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  । फोन-पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा, दिनदिनै एकलाख’ उपहार योजना सार्बजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्धेश्यले यो योजना ल्याइएको हो ।

फोन-पे को नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना–ठूला सबै व्यावसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ । यस योजनामा हरेक दिन क्यूआर मार्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट) ले हरेक दिन एक लाख रुपैया जित्न सक्नेछन् । यस योजनामा सहभागि हुनका लागि फोन-पे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोन-पे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ ।

फोन-पे बिजनेसमा आबद्ध हुन फोन-पे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ । यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनौट गरिने र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोन-पे बिजिनेसको फेसबुक लाइभ मार्फत गरिने कम्पनीले जनाएको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी