×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, नाफा ४८१.९० प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, नाफा ४८१.९० प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

१४ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले असार मसान्तसम्म आइपुग्दा २० करोड १ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४८१.९० प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ४३ लाख ९३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी १२९.१९ प्रतिशत र सञ्चालन नाफा ४९०.०५ प्रतिशतले बढेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९१ पैसाले बढेर ४६ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ३८ पैसा छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी