भरतपुर । भरतपुर महानगरपालिकाले महानगरभित्रका ३८ पशुपालक कृषकलाई उपकरण हस्तान्तरण गरेको छ । महानगरपालिकामा बुधबार आयोजित एक कार्यक्रममा १७ कृषकलाई दूध दुहुने मेसिन र २१ जनालाई घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो ।
करबाहेक एक लाख १० हजार लागतको दूध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र ३० हजार पर्ने घाँस काट्ने मेसिन च्याफकटर ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । च्याफकटर गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत ११ वटा शतप्रतिशत अनुदान र चालु आवको ५० प्रतिशत अनुदानमा १० वटा मेसिन तथा २१ वटा मिल्किङ मेसिन वितरण गरिएको महानगरका पशुसेवा शाखा प्रमुख मेखराज ढकालले बताउनुभयो । कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गरी किसानलाई अगाडि बढाउने योजना रहेको बताउनुभयो । कृषिको विकासनै महानगर समृद्धिको मूल आधार भएकाले कृषिको विकासलाई नै बढी प्राथमिकता दिइएको दाहालले बताउनुभयो ।
महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्र्याक्टर, घाँस काट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले कृषिमा यान्त्रिकीकरण र व्यावसायीकरण गर्न महानगर लागिरहेको बताउनुभयो । कृषिको विकास गर्न नसके चाहेजस्तो समुन्नत महानगर बन्न नसक्ने भएकाले जनप्रतिनिधि महानगरको कृषिको विकासमा लागेको ठकुरीको भनाइ छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्