Skip to content
LAXMI SUNRISE BANK

सिप्रदी ट्रेडिङ र शिखर ईन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता

अर्थ सरोकार

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र शिखर ईन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । शिखर ईन्स्योरेन्स प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङको तर्फबाट संस्थाका उप-सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

अटो प्लस स्किममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागु हुने कम्पनीले बताएको छ । साथै यो स्किम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुनेछ । जस अन्तर्गत गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर तीन हजार रुपैयाँ र टाटा एसरटाटा इन्ट्राका लागि भाडादर एक हजार पाँच सय रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफुलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दावी रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK