काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा बैंकका कर्मचारीहरुले ३० दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षभित्र बैंकका कर्मचारीहरुले एक महिना अर्थात ३० दिन बिदा पाउने भएका हुन् ।
राष्ट्र बैंकका अनुसार बैंकका कर्मचारीहरुले ३० दिन पाउने बिदा बाहेक सरकारी बिदा र कर्मचारीको संस्कृति वा उनीहरुले मनाउने पर्व अनुसार उनीहरु बिदा लिन पाउनेछन् । राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार कर्मचारीहरुले चालु आवको भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा पाउने छन् । पुषमा २ दिन, माघमा १ दिन, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको छ ।