×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ अर्ब १२ करोडको लागतमा जलविद्युत आयोजना निर्माण हुने ,राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१ अर्ब १२ करोडको लागतमा जलविद्युत आयोजना निर्माण हुने ,राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने

Artha Sarokar

१५ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. र बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोलामा बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन । उक्त आयोजना १ अर्ब १२ करोडको लागतमा बन्न लागेको छ । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने भएका छन् ।

वित्तिय व्यवस्थापन सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका सिईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकका सिईओ श्रेष्ठले यस कम्पनीमा लगानीले बैंकलाई जलविद्युत क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने विश्वास लिएको बताए । त्यसैगरी कृषि विकास बैंकका लगानीकता सिईओ अनिलकुमार उपाध्यायले आफूहरुले प्रतिवद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए । व्यवसायीक कोणबाट आयोजना एकदमै राम्रो र सम्भावनायुक्त भएकोले आफूहरु लगानी गर्न तयार भएको बताए ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको माउ कम्पनी कर्णाली जलस्रोत लिमिटेडका अध्यक्ष लोकबहादुर रावतले सम्झौताअनुसारकै लागनी र समय सीमाभित्र आयोजना सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । “कार्यक्रममा हिमालयन वाटर रिसर्च तथा इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्ध बहादुर गुरुले सहभागी सबैलाई स्वागत गर्दै काबु बाहिरको अवस्था सिर्जना नभएसम्म निर्धारित समयमै आयोजना सम्पन्न गर्ने बताए ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी