×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र MAW वृद्धि कमर्सियल भेहिकल्सबीच सम्झौता, सरल तरिकाले कर्जा प्राप्त गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंक र MAW वृद्धि कमर्सियल भेहिकल्सबीच सम्झौता, सरल तरिकाले कर्जा प्राप्त गर्न सकिने

१५ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंकले MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लिसँग सम्झौता गरेको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. सँग श्रावण १५ गते अर्थात आज सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बाट ग्राहकहरुले Foton ब्राण्डका गाडीहरु खरिद गर्दा बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गरिने कम्पनीले जनाएको छ ।  देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी