- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चलखेल गरेर मूल्य बढाईएका ५१ कम्पनीहरुको नाम सार्वजनिक गरेसंगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आपत्ति जनाएको छ । लगानीकर्ताको लगानीमाथि असर पुग्ने गरि बोर्डले धावा बोल्न काम गरेको भन्दै नेप्सेले आपत्ति जनाएको हो ।
नाम नै किटान गरि सार्वजनिक गर्नु बोर्डको सरासर गल्ती रहेको नेप्सेका एक उच्च अधिकारीले बताएका छन् । उनी भन्छन् ‘नियामक भैसकेपछि लगानीकर्तालाई सचेत भएर लगानी गर्नू र जोखिमबाट बच्न आग्रह गर्नू त ठिकै तर नाम नै किटान गरि सार्वजनिक गर्नू बोर्ड आफैं इन्साइडर टेडिंगमा लागेको जस्तो देखियो ।’
नेप्सेले सुनियोजित ढंगले बोर्डले उक्त विज्ञप्ति सार्वजनिक गरेकोसमेत शंका गरेको छ । नाम नै सार्वजनिक गरी बढी चलखेल भएको भन्दै कम्पनीहरु जोखिमपूर्ण भन्ने अधिकार बोर्डलाई नभएको पनि नेप्से स्रोत बताउँछ । बोर्डले यसो गर्दा लगानीकर्ताको लगानी जोखिममा परेमा त्यसको जिम्मेवारी कसले लिने भन्दै बोर्डमाथि प्रश्नसमेत नेप्सेले गरेको छ ।
यता आज मंगलबार बोर्डले सेयर मूल्यमा चलखेल गरिएको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको थियो । यस्तो छ बोर्डले आज सार्वजनिक गरेको विज्ञप्ति :