Skip to content
LAXMI SUNRISE BANK

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक (विस्तृत विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौंथो त्रैमासमा १० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २६७.०३% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ८८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

यो अवधिमा आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी पनि २१०.९०% ले बढेको छ । कम्पनी ३८ करोड ९६ लाख सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष कम्पनी १ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफामा रहेको थियो । असारसम्म ८१ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको नयाँ सारथीले ३ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको रिजर्भ कोषमा १५ करोड ९७ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ०९ पैसाले बढेर ४१ रुपैयाँ ५१ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १६२ रुपैयाँ ६७ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK