×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नाफामा ७३.९२ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नाफामा ७३.९२ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा

Artha Sarokar

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको तुलनामा ७३.९२% ले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३५ करोड ६१ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै यो अवधिमा आउँदा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । यी दुई सूचक क्रमश : १५.६६% र ४८.८९% ले बढेका छन् । कम्पनीका अनुसार प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसाले बढेर ६५ रुपैयाँ ६९ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ९६ पैसा छ भने जगेडा कोष २८.३५% ले बढेर १ अर्ब ७४ करोड ८८ लाख ७३ हजार रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी