तनहुँ । दुई हजार एक उद्यमी बन्दा ती उद्योगले पाँच हजार ८१५ लाई रोजगारी दिएको छ । रोजगारी पाउनेमा दुई हजार ८३५ महिला र दुई हजार ९८० पुरुष छन् । यसैगरी कार्यालयले ६६ लाख ३१ हजार ७५० राजश्व सङ्कलन गरेको छ । उद्योग दर्तामार्फत ३७ लाख ७७ हजार ७००, पुँजीवृद्धिमार्फत सात लाख ८० हजार ५०० र अन्यमार्फत २० लाख ७३ हजार ५५० राजश्व सङ्कलन भएको छ ।
एक लाखसम्म पूँजी भएको उद्योगले एक हजार १००, तीन लाखसम्म पूँजी भएको उद्योगले तीन हजार १००, पाँच लाखसम्म पूँजी भएको उद्योगले छ हजार १००, ५० लाखसम्म पूँजी भएको उद्योगले १२ हजार १००, एक करोडसम्म पूँजी भएको उद्योगले २० हजार १००, पाँच करोडसम्म पूँजी भएको उद्योगले ३० हजार १०० र पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार ११० दर्तावापत शुल्क बुझाउनुपर्छ ।
कार्यालयमा सोही अवधिमा ७२१ उद्योग नवीकरण, १३८ उद्योग नामसारी, ११ उद्योग ठाउँसारी र १२४ उद्योगले उद्देश्य थप गरेका छन् । ८५ उद्योगले लगत कट्टा, १४६ उद्योगले सुविधा सिफारिश, १८८ उद्योगले प्रतिलिपि र १४४ ले पूँजी वृद्धि गरेका छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्