×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्लाही भन्सारले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्याे, ६० करोड बढी रकम उठाउन सफल

PRIME CA

सर्लाही भन्सारले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्याे, ६० करोड बढी रकम उठाउन सफल

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

सर्लाही  । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सकंलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिनुभयो ।

कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशत भन्दा बढी राजस्व सकंलन गरेको हो । भारतबाट भित्रिएका खाद्यान्न र अन्य सामग्रीबाट भन्सार काटेर सो राजस्व सकंलन गरिएको भन्सार अधिकृत दत्तले बताउनुभयो । कार्यालयले जिल्लाको मुख्य नाका तथा अन्य शाखा नाकाहरु हुँदै भारतबाट आयात भएका खाद्यान्न तथा अन्य विभिन्न सामग्रीबाट मात्रै सो राजस्व सकंलन गरेको हो ।

कोरोना सङ्क्रमणपछि जिल्लाको नेपाल–भारत सीमामा रहेका सातवटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेका छन् । मुख्य भन्सार नाका भएर सामानहरु तुलनात्मक रूपमा कम भित्रिँदा पनि राजस्वमा वृद्धि भएको छ । सिमानामा सुरक्षा व्यवस्था कडा पारिएकाले सामान कम भित्रिए पनि राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दत्तले बताउनुभयो । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: