काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री अनुमति मागेको हो ।
यता कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी”अर्थात ट्रिपल बी रेटिङ दिएको छ । जसले कम्पनीको आधारभूत अवस्था राम्रो रहेको संकेत गर्दछ । साथै बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।
अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो