×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको नाफामा १६७.८५% को छलाङ, अन्य सूचकमा पनि आकर्षक प्रगति ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महिला लघुवित्त वित्तीय संस्थाको नाफामा १६७.८५% को छलाङ, अन्य सूचकमा पनि आकर्षक प्रगति ! (विवरणसहित)

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा महिला लघुवित्त वित्तीय संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा १६७.८५% ले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ४७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक वृद्धि भएको छ । खुद ब्याज आम्दानी ८७.४६% र सञ्चालन नाफा १७७.८८% ले बढेको हो । कम्पनीले यस अवधिमा ४ करोड १५ लाख ६ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने जगेडा कोषमा २२ करोड ८ लाख ९६ हजार रुपैयाँ छ ।
 यस्तै प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ २८ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी