×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा (विस्तृत विवरणसहित)

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ५ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १५५.३१% धेरै हो । कम्पनीको खुद ब्याज आम्दानी ५५.४३% र सञ्चालन नाफा ८९.१९% बढेको छ ।
यस्तै कम्पनीको रिजर्भ कोष ४६४.९२% ले वृद्धि गरी ६ करोड ६९ लाख ४३ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ०.६९% मा सीमित गरेको छ । साथै प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा रहेको छ ।
प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार भएको छ । अघिल्लो वर्ष २८ रुपैयाँ ८५ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ६० रुपैयाँ ७३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी