×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बबई खोलामा जाल हानेर माछा मार्दै स्थानीयवासी, बजेटको अभावमा रोकियो भवन निर्माण कार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : बबई खोलामा जाल हानेर माछा मार्दै स्थानीयवासी, बजेटको अभावमा रोकियो भवन निर्माण कार्य

Artha Sarokar

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले घोराही –५ धारपानी नजिकैको बबई खोलामा जाल हानेर माछा मार्दै गरेका स्थानीयवासीदेखि शुक्लाफाँटा नगरपालिकाका–१२, कालागौंडीकामा बजेट अभावका कारण विगत तीन वर्ष अघिदेखि निर्माण कार्य रोकिएपछि अलपत्र अवस्थामा रहेको आधारभूत स्वास्थ्य केन्द्र भवनसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
घोराही –५ धारपानी नजिकैको बबई खोलामा जाल हानेर माछा मार्दै स्थानीयवासी ।

शुक्लाफाँटा नगरपालिकाका–१२, कालागौंडीकामा बजेट अभावका कारण विगत तीन वर्ष अघिदेखि निर्माण कार्य रोकिएपछि अलपत्र अवस्थामा रहेको आधारभूत स्वास्थ्य केन्द्र भवन ।

प्राकृतिक रुपमा सुन्दर रहेको सन्धिखर्क बजारमा पछिल्लो समय अव्यवस्थित बस्ती विकास हुँदै ।

रसुवामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अक्सिजन आवश्यक पर्न साथ स्वास्थ्य संस्थामा पठाउन जिल्ला प्रहरी कार्यालय रसुवा प्रहरीले तयारी अवस्थामा राखेको अक्सिजनसहित १०० थान सिलिण्डर ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ११ बल्थलीमा देखिएको हरियाली धानफाँट । सिँचाइ सुविधा भएकाले यस क्षेत्रमा बाली राम्रो हुने किसान बताउँछन् ।

म्याग्दी नदीको कटानको जोखिममा परेको बेनी नगरपालिका–४, सुर्केमेलाको बस्ती । म्याग्दी नदीमा आएको बाढीले तटीय क्षेत्रमा कटानको जोखिम बढाएको छ ।

तनहुँको घिरिङ गाउँपालिका–४ पुर्कोटमा हिलाम्य सडकमा फसेको जीप धकेल्दै यात्रु ।

कोभिड १९ सचेतना मुलक “तपाईंको मास्क खोइ ?अभियान अन्तर्गत घोराही – १५को ट्राफिक चोकमा सर्बसाधारणलाई मास्क वितरण गर्दै प्रहरी ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी