×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर भर्ने आइतबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर भर्ने आइतबार अन्तिम दिन

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयर आज कार्यालय समयसम्म किन्न पाइने भएको हो । संस्थाले आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको सेयर भदौ लिलामीमा ल्याएको हो । संस्थाले यस सेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकेको छ ।
आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको लागि माग गर्न सकिने व्यवस्था छ । उक्त संस्थाको सेयर खरिद गर्न चाहाने ईच्छुक संस्थापक सेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन । संस्थाको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी