×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौंथो त्रैमासमा १६५.९०% ले बढ्यो इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा, अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चौंथो त्रैमासमा १६५.९०% ले बढ्यो इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा, अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । कम्पनीको नाफा १६५.९०% ले बढेर १२ करोड ६० लाख रुपैयाँ कमाउन सफल भएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । यी दुई सूचक क्रमश: ७७.१९% र १४७.८४% ले बढेका हुन्  । रिजर्भ कोषमा १६ करोड ५८ लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५८ पैसाले बढेर ८ रुपैयाँ ३७ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ भने १६३ रुपैयाँ ६४ पैसा छ ।
असारसम्म ८७ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । यस कम्पनीले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ अनुपातमा एक्वायर गरेर भदौ ४ गतेबाट एकीकृत कारोबार गर्ने तयारीमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी