काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले यहाँका दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्याएको छ । मेलम्चीहुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत सहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत सुख्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पुर्याएको हो ।
लिफ्टििङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् । यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका वडा नं २ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंँसीका कटान सुरु गरेको थियो ।
त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए । उनका अनुसार त्यहाँ निर्माण भएको ट्याङ्कीसमेत जोखिममा छ । यस वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा करोडौँंको क्षति पुर्यायो, क्षतिबारे हामी अनुगमन गर्दछौँ, क्षतिको प्रतिवेदन आउन बाँकी छ,’ लामाले भने ।
विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा केही धकेलिएको थियो । बाढीले क्षति पुर्याएको पुनःनिर्माण गर्दा केही समय अझै धकेलिने लामाले बताए । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजार व्यक्तिका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।
भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत खानेपानी आयोजनाले रोकेको बताइन्छ । खानेपानी विभागमार्फत एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करिब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए ।
उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिका बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा दुई करोडभन्दा बढीको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ ।
भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले जानकारी दिए । उनका अनुसार मुहानको इन्टेक, २० ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको सय टिपरभन्दा बढी बालुवा र केही मात्रामा सिमेन्ट बगाएको छ ।
‘हामीले साउन महिनाभित्र मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्यका साथ लागेका थियौँ, आयोजना निर्माण कम्पनीको आजको थप क्षति विवरणअनुसार मुहान क्षेत्रका दुई करोडभन्दा संरचनामा क्षति पुगेको प्रतिवेदन आएको छ’, लामिछानेले भने । आयोजनाका सहायक व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार निर्माणाधीन संरचना सुरक्षाको लागि बनाइएको तटबन्धका केही बाहेकका सबै संरचना बाढीले बगाएको छ ।
अविरल वर्षाका कारण गत असार १ गते राति पहिराले थुनिएको सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्ची बजारका सयौँ घरटहरा बगाएको थियो । त्यसपछि साउन तेस्रो सातामा आएको पटकपटकका बाढीले मेलम्चीका थप भौतिक संरचना, सडक र पुलमा क्षति पुर्याएको थियो ।
इन्द्रावती नदीको मुहान क्षेत्र मानिने सिन्धुपाल्चोकमा भने मेलम्ची खोलाले चिनिन्छ । गत सालको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको पाँचखाल वृहत शहरी खानेपानी आयोजनाको कामले तीव्रता पाउँदै आएको थियो ।
पाँचखालका १० वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा छ । परियोजनाको २०७६ भदौ १२ गते त्रिपक्षीय सम्झौता भएको हो । उक्त खानेपानी आयोजना दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको र हाल कार्यान्वयनको चरणमा रहेका आयोजना अन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल वृहत खानेपानी सबैभन्दा ठूलो मानिएको छ ।
आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । त्यसअनुसार पाँचखालका प्रति उपभोक्ता परिवारले एक वर्षअघि खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका छन् ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्