बाँके । खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ । कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ ।
सो कार्यका लागि हालसम्म एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा. शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भवनका लागि ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि ६४ लाख जति खर्च भएकोे छ । उद्योगबाट प्रतिघण्टा छ टन दाना उत्पादन गर्न सकिने छ । उत्पादित दाना फर्ममा रहेका कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरिद गरेर लैजाने किसानलाई सहुलियत दरमा बिक्री गरिने उहाँले बताउनुभयो ।
उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो दश रुपैया सस्तोमा किसानलाई बिक्री गरिने लक्ष्य रहेको फार्मले जनाएको छ । सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्