कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले एक वर्षमा २८ हजार ७८८ सवारीसाधनलाई कारवाही गरेको छ । ट्राफिक नियम उलङ्घन गरी सञ्चालनमा रहेका सवारीसाधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
उक्त कारवाहीमा परेका सवारीसाधनबाट एक करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा कूल १६ हजार ८७ सवारी कारवाहीमा परेका थिए । त्यसबाट ८८ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो ।
सवारीसाधन कारवाही भएकामध्ये सबैभन्दा बढी ट्रक छन् । ट्रक मात्र २१ हजार ७८३ कारवाहीमा परेका छन् । दोस्रोमा मोटरसाइकल तीन हजार २८८ कारवाहीमा परेका छन् । त्यसैगरीे कारवाहीमा परेका जीप, कार दुई हजार २९१, बस ४७१ रहेका छन् भने ट्याक्टर ६८३ र अटोरिक्सा २७२ गरी कूल २८ हजार ७८८ सवारीसाधन कारवाहीमा परेका प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।
ट्राफिक नियम उलङ्घन गरी सार्वजनिक यातायातमा सिट भन्दा बढी यात्रु बोक्नु, कागजात नवीकरण नगरेको, हेल्मेट प्रयोग नगरेको, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेको सवारीलाई कारवाही गरी राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी नायब निरीक्षक हरिबहादुर जिसीले बताउनुभयो । प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १३२ सडक दुर्घटना भएकामा ७४ व्यक्तिको मृत्युु भएको छ भने १४७ व्यक्ति घाइते भएका थिए ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्