काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । आज आइतबार सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बरुण हाइड्रोपावर कम्पनीको तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविविको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।