Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : नैनीतालमा भारी बोकेर जीविका चलाउँदै कालिकोटका वृद्ध, वेगनासतालमा रमाउँदै आन्तरिक पर्यटक

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनीतालबाट भारी बोकेर गन्तव्यतर्फ जाँदै गरेका कालिकोटका ६० वर्षीय पर बुढादेखि पर्यटकीय नगरी पोखराका ताल मध्येको दोस्रो ठूलो वेगनासतालको बाँध छेउमा रोटरी क्लब अफ लेखनाथद्धारा निर्मित राष्ट्रिय झण्डासहितको स्तम्भमा तस्बिर खिचाउँदै गरेका आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनीतालबाट भारी बोकेर गन्तव्यतर्फ जाँदै कालिकोटका ६० वर्षीय पर बुढा । उहाँ दशकौँदेखि नैनीताल क्षेत्रमा भारी बोकेर जीविका चलाउँदै आउनुभएको छ ।

पर्यटकीय नगरी पोखराका ताल मध्येको दोस्रो ठूलो वेगनासतालको बाँध छेउमा रोटरी क्लब अफ लेखनाथद्धारा निर्मित राष्ट्रिय झण्डासहितको स्तम्भमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक ।

बागलुङको बलेवाबाट देखिएको पर्वत सदरमुकाम कुश्माबजार ।

बागलुङको बलेवा अमलाचौरमा कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीको अवस्था बुझ्दै स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलगायत ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिका–१ मान्ममा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरिँदै ।

कञ्चनपुरको पिपलाडीका थारू महिला ढकिया बुन्दै । घरायसी सामान राख्नका लागि ढकियाको प्रयोग हुने गरेको छ ।

त्रिभुवन राजपथको खत्री पौवामा राजमार्ग फराकिलो पार्न सडक तलबाट खनेपछि जोखिममा परेको बस्ती त्रिपाल ओडाएर सुरक्षित गरिँदै

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK