Skip to content
LAXMI SUNRISE BANK

१८ लाखको लागतमा १० शैयाको आइसोलेशन वार्ड निर्माण, विकासमन्त्री खड्काद्धारा उद्घाटन

अर्थ सरोकार

डोटी । कोरोना सङ्क्रमण अझै फैलिएकाले जिल्ला अस्पतालमा १० शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको ४० लाखमध्ये १८ लाखको लागतमा उक्त वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ ।

आइसोलेशन वार्ड उद्घाटन गर्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना रोकमथाम र नियन्त्रणका लागि सम्पूर्ण तयारी भइरहेको बताउनुभयो । यसअघि उक्त अस्पातलमा वार्ड अभावमा कोभिडका बिरामीको उपचारमा निकै समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका नौवटै स्थानीय तहमा रहेका सरकारी अस्पतालमा पनि गाउँपालिकाको समन्वयमा थप वार्ड निर्माण गरिने छ । -रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK