×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको अर्को ऐतिहासिक निर्णय : २० युनिटसम्म खपत गर्नेलाई बिजुली नि:शुल्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारको अर्को ऐतिहासिक निर्णय : २० युनिटसम्म खपत गर्नेलाई बिजुली नि:शुल्क

Artha Sarokar

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारले अर्को ऐतिहासिक निर्णय गरेको छ । सरकारले अब मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको हो ।
आज बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यस्तो निर्णय गरेको बताएकी हुन् ।
अहिले यो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका थिए ।  महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ । सरकारको यस्तो निर्णयसंगै विपन्न स्तरका जनतालाई भने राहत मिलेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी