काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा गरिमा विकास बैंकले ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ४२.९६% बढी हो । अघिल्लो वर्ष बैंकले ५७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी १९.३६% ले बढेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ४३.८४% ले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा पनि ७६.८९% ले बढेर ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ३४ करोड २४ लाख रुपैयाँ थियो ।