Skip to content
LAXMI SUNRISE BANK

सूर्या लाइफ इन्स्योरेन्सले निकाल्यो चौथो त्रैमासको रिपोर्ट, प्रतिसेयर आम्दानी १४ रुपैयाँ २९ पैसा हुँदा खुद नाफा कति ?

अर्थ सरोकार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको खुद नाफा २३.०१% ले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म नाफा बढाएर ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।
कम्पनीका अनुसार खुद बिमा शुल्क पनि ४६.९७% ले बढेर ४ अर्ब १८ करोड २० लाख ७९ हजार रुपैयाँ पुगेको छ भने  रिजर्भ कोष तथा जीवन बिमा कोषमा पनि सुधार भएको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १० पैसाले बढेर १४ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ४ रुपैयाँ ३२ पैसाले बढेर १३२ रुपैयाँ ३९ पैसा पुगेको कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK