काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँकाे घातक रोग दाबी भुक्तानी गरेकाे छ । कम्पनीकाे प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयले आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग को रक्षावरणसमेत हुने गरी बीमित हिमाल पौडेललाई रकम भुक्तानी गरकाे हाे ।
बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरुविरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।