काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १६.४१ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६२ करोड ७९ लाख ९७ हजार ८ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, हाईड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, गरिमा विकास बैंक, अपि पावर, अरुण भ्याली हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।