काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशत रहने व्यवस्था विद्यमान राखिएको छ ।