काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमाससम्म खूद नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफा ११८.१८ प्रतिशतले बढाउने सफलता पाएको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म १९ करोड १० लाख रुपैयाँमा सीमित नाफा बढेर यो वर्ष ४१ करोड ६९ लाख रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको यही अवधिसम्म २६ करोड ७७ लाख रहेको संचालन मुनाफामा समेत उत्साहजनक वृद्धि भई ५६ करोड १ लाख पुगेको छ । कोभिड कहरमै पनि व्यवसाय वृद्धि भएका कारण खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख पुगेको हो। आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब ७३ करोड चूक्तापुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले ४२ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको हो ।अघिल्लो वर्ष १५ करोड ३४ लाखमा सीमित रिटेन अर्निङ बढेर यो वर्ष ३० करोड ४६ लाखको उचाईमा पुगेको छ भने ५४ करोड ५९ लाखमा सीमित रिजर्बको आकार बढेर ६७ करोड ५२ लाख पुगेको छ ।
बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी (इपीएस) समेत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु. ७.३३ मात्र रहेको इपीएस बढेर यो वर्ष रु.१५.२३ पुगेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ । असार मसान्तको प्रतिसेयर नेटवर्थ रु. १३५.८१, पीई अनुपात २७.८३ गुणा र क्यापिटल एडेक्वेसी रेसियो ११.८६ प्रतिशत रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्