×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँआर्जन गरेको थियो । यस्तै बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा भने खुद ब्याज आम्दानी ९ अर्ब ४५ करोड रुपैयाँ र कुल संचालन आम्दानी १० अर्ब ७० करोड रुपैयाँ रहेको थियो । यसैगरी संचालन नाफा ५ अर्ब ९ करोड रुपैयाँ, कूल समग्र आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा संचालन नाफा ५ अर्ब ९४ करोड रुपैयाँ , कूल समग्र आम्दानी २ अर्ब ४८ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ४४ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।  २०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७७/७८ मा बैंकको सेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ ।

२०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी ४१.३२ रहेको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप,सेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी