×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले बनेपामा पनि खोल्यो हाउजेको शोरुम, विशेष छुटको व्यवस्था

PRIME CA

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले बनेपामा पनि खोल्यो हाउजेको शोरुम, विशेष छुटको व्यवस्था

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोलेको छ । कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारले शोरुमको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । बनेपामा हाउजेको डिलरसिप लिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले बिक्री, स्पेयर्स पार्टस र सर्भिस सेन्टरसमेतको सुविधा ग्राहकलाई उपलब्ध गराउन सुरु गरेको छ ।  शोरुम उद्घाटनका अवसरमा ३ जना हाउजेका ग्राहकलाई चावीसमेत हस्तान्तरण गरिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले जानकारी दिए ।

बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान सुरु गरिएको उनले बताए । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको कम्पनीले जनाएको छ ।

यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको छ । काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: