काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ९३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबारनेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७४ करोडबढीको सेयर कारोबार भएको छ । आज ७ समूहबाहेकका सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।