×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा चार वर्षका लागि सात जना संचालक

PRIME CA

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा चार वर्षका लागि सात जना संचालक

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा सात जना संचालक नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते सम्पन्न वार्षिक साधारणसभाबाट आगामी चार वर्षका लागि संस्थापक सेयरधनीको तर्फबाट चार जना, सर्वसाधारणको तर्फबाट दुई जना र एक जना विज्ञ सञ्चालक नियुक्त भएका हुन् ।
कम्पनीको संस्थापक सेयरधनीबाट सञ्चालकहरुमा दिपक कुमार श्रेष्ठ,सुरेन्द्र कुमार गोयल,सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग रहेका नियुक्त भएका छन् । साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले दिपक कुमार श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ । यस्तै साधारण सेयरधनीमा शौरभ रुंगटा र सजल मास्के र विज्ञ सञ्चालकमा अच्युत राज सापकोटा सर्वसम्मतले निर्वाचित भएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: