×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन लाइफ इस्न्योरेन्सको नाफा १३ करोड रुपैयाँमा सिमित, प्रतिसेयर आम्दानीसहित अन्य सूचकहरुको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनियन लाइफ इस्न्योरेन्सको नाफा १३ करोड रुपैयाँमा सिमित, प्रतिसेयर आम्दानीसहित अन्य सूचकहरुको अवस्था कस्तो ?

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनियन लाइफ इस्न्योरेन्सको नाफा घटेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २१.४८% ले घटेर १३ करोड रुपैयाँमा सिमित भएको हो । अघिल्लो वर्ष कम्पनीले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ९७ पैसाले घटेर ६ रुपैयाँ ०६ पैसा (वार्षिक) मा झरेको छ भने प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ७३ पैसा छ । यता कम्पनीको जीवन बिमा कोषको आकार भने ७५.३१% ले बढेर ७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क ४५.४२% ले बढेर ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । अहिले यसको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ र जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी